बाइबल स्वर्ग लैजाने द्वार हो। (Nepali)

Video

July 29, 2015

मोक्षको बारेमा बाइबल एकदमै स्पष्ट छ। धेरैजसो मानिसलाई यस्तो लाग्छ की उनीहरू आफू एकदमै राम्रा छन् र त्यसै कारण स्वर्ग जानेछन्। तर बाइबलले भन्छ सबैले पाप गरेका छन् र सबै परमेश्र्वरको कृपाले जीवित छन्। बाइबल भन्छ, कोही पनि धार्मिक छैनन् ­एक जना पनि। तपाईं धार्मिक हुनुहुन्न्, म पनि छैन्। धार्मिक हुनु नै स्वर्ग जाने कारण भएमा हामीमध्ये कोहि पनि स्वर्ग जान पाउँने छैनन्।

यसका साथै प्रकाशित वाक्यको २१:८ मा बाइबलमा लेखिएको छ, ’’कायर, विश्वाश नगर्ने, दुर्वुद्धि भएकाहरू, हत्याराहरू, व्यभिचारीहरू, जादुटुना गर्नेहरू, मुर्तिपूजा गर्नेहरू र सबै झुठ बोल्नेहरूले सल्फर र आगोले प्रताडना दिने कुण्डमा आफ्नो जीवन बिताउनु पर्ने हुन्छ। यो दोश्रो मृत्यु हो। मैले पहिला झुठ बोलेको थिएँ। हामी सबैले झुठ बोलेका छौँ । यसर्थ हामी सबै पापी हौँ। हामीले यसभन्दा पनि नराम्रा कर्म गरेका छौँ। हामी नर्क जानका लागि योग्य छौँ।

तर बाइबलले भन्छ, परमेश्वरले हामीमाथि आफ्नो प्रेम दर्शाउनु भएको छ। हुनत हामी पापी नै थियौँ तथापि यशुले हाम्रालागि प्राण त्याग गर्नुभयो। यशुले हामीलाई प्रेम गर्ने भएकोले उहाँ यस धर्तीमा आउनुभएको हो। बाइबल भन्छ, “उहाँ परमेश्वरको हाड र मासुको प्रतिरूप हुनुहुन्छ।“ इश्वरले मानिसको रूप लिनुभयो र उहाँले पापबिनाको जीवन व्यतित गर्नुभयो। उहाँले कहिलै कुनै पाप गर्नु भएन। तर उनीहरूले उहाँलाई कुटें, थुकें र अन्यमा शुलीमा चढाएर किला ठोकें। बाइबल भन्दछ कि हाम्रा पापहरूको नाश होस् र बाँकी रहेको असलियतका लागि मात्र हामी जीवन यापन गरूँ भन्ने उद्देशले उहाँले शुलीमा चढेर हाम्रो पापले आफ्नो देहलाई छोप्नु भयो। तपाईं र मैले गरेका सम्पूर्ण पापको सजाय यशुलाई दिइयो। जब उहाँको मृत्यु भयो, उहाँलाई चिहानमा गाडियो। त्यसबखत उहाँको आत्मा तीन दिन र तीन रातसम्म नरकमा गयो। तीन दिनपछि उहाँ फेरी जीवित हुनु भयो। उहाँले आफ्ना शिष्यलाई आफ्नो हातको घाउ देखाउनु भयो। बाइबलमा स्पष्ट रूपमा लेखेको छ, “यशुले यस संसारमा भएका हरेक व्यक्तिका लागि प्राणको आहुती दिनुभएको हो।“ बाइबल भन्दछ, “उहाँ हाम्रो पापको प्रायश्चित हुनुहुन्छ ­हाम्रोमात्र होइन, सारा संसारको।“

हामी सबैले बच्नका लागि एउटा काम अवश्य पनि गर्नु पर्दछ। बाइबलमा लेखिएको छ, “एउटा प्रश्न छः यस संसारबाट उद्दार गरिनका लागि के गर्नु पर्दछ?” उहाँले उत्तर दिनुभयो, “प्रभू यशुमाथि विश्वास गर्नू। यसले तिम्रो उद्दार हुनेछ। बस, यतीमात्र।“ उहाँले गिर्जाघरमा जानु, राम्रो जीवन यापन गर्नु, आफ्ना पापको प्रायश्चित गर्नु र त्यसपछि तिम्रो उद्दार हुनेछ भनेर भन्नु भएन्। यसो भन्नु भएन। उहाँले त मात्र विश्वास गर्नु भन्नुभयो।

बाइबलको सबैभन्दा लोकप्रिय वचन यहाँले "In and Out Burger" को कपमा पनि लेखिएको पाउनु हुनेछ। यो यती लोकप्रिय छ की सबैले सुनेको हुनुपर्दछ। यहुन्ना ३:१६ मा भनिएको छ, “परमेश्वरले जगतप्रति यति धेरै प्रेम गर्नु हुन्छ कि उहाँप्रति विश्वाश गर्ने कुनै पनिव्यक्तिलाई हानी नहोस् र उसलाई अनन्त जीवन मिलोस् भनेर उहाँले आफ्नो एकमात्र पुत्र संसारलाई दिनुभयो।’’ यशु पनि भन्नुहुन्छ, “म उनीहरूलाई अनन्त जीवन प्रदान गर्दछु। कहिलै पनि उनीहरूलाई कुनै हानी हुने छैन् न त कसैले उनीहरूलाई मेरा हातबाट लैजान सक्नेछन्।’’ बाइबलको ६:४७ यहुन्नमा लेखिएको छ, “म तिमीहरूलाई साँचो बताउँछु। जो ममाथि विश्वास राख्दछन् तिनीहरूलाई अनन्त जीवन प्राप्त हुन्छ।” “यहाँले इसामसीमाथि विश्वास राखेमा,” बाइबल भन्दछ, “यहाँलाई अनन्त जीवन प्राप्त हुनेछ। तपाईं सदा जीवित रहनु हुनेछ। यो अनन्त र अविनाशी हुनेछ।” तपाईंले उहाँमाथि

विश्वास गर्नुभएको छ र तपाईंलाई मोक्ष प्राप्त भएको छ भने यसको नाश हुने छैन्। मैले यस धर्तीमा कुनै भयानक पाप गरेमा इश्वरले मलाई यही दण्ड दिनु हुनेछ। मैले कसैको हत्या गरेमा इश्वरले मलाई निश्चित रूपमा दण्ड दिनु हुनेछ। मलाई जेल हालिने छ वा यसभन्दा पनि कठिन सजाय फाँसी दिइनेछ। इश्वरले मलाई अधिक सजायको प्रवन्ध मिलाउनु हुनेछ तर म नरकमा पर्ने छैन्। मलाई मोक्ष प्राप्त भैसकेको हुनाले कुनै पनि पापले मलाई नरकमा हाल्न सक्ने छैन्। म नरकमा परे भने इश्वर झुठ हुनेछ किनभने उहाँले वचन दिनुभएको छ कि उहाँमाथि विश्वास गर्नेलाई अनन्त जीवन प्राप्त हुनेछ। उहाँले भन्नुभएको थियो, “उहाँमाथि विश्वास राख्ने जो सुकै जीवितलाई अनन्त जीवन प्राप्त हुनेछ।”

बाइबलमा यस्ता धेरै उदाहरणहरू छन् जसमा धेरै नराम्रो काम गर्नेहरू पनि स्वर्ग गएका छन्। कसरी? के उनीहरू धेरै असल थिए? होइन। अरू मानिसहरू जसले सायद एकदमै असल जिन्दगी बिताएका थिए तर उनीहरूले प्रभू यशुमाथि विश्वास नगरेका कारण उनीहरूको पापको सजाय पाउनका लागि नरक जानु परेको थियो।

म आज मेरा कुरा यो एउटा विचार राखेर टुङ्गाउन चाहान्छु। म तपाईंहरूको सामु एक चिज ल्याउन चाहान्छु। एउटा शिष्यले यशुलाई एउटा प्रश्न गरेका थिए। प्रश्न थियोः “के उद्दार पाउने मानिसहरू कम छन्?” राम्रो प्रश्न । होइन त? के धेरै मानिसले मोक्ष पाउन सक्छन? कि केहीले मात्र मोक्ष प्राप्त गर्दछन्? धेरै जसो मानिस स्वर्ग जान्छन् भन्ने लाग्ने यहाँ कोही हुनुहुन्छ? धेरैभन्दा धेरै मानिस। उत्तर के होला भनेर अन्दाज गर्नुहोस्। साथमा उहाँले भन्नुभयो, “संकिर्ण मार्गमा प्रवेश गर। यो कुरा म तिमीलाई किन भन्दै छु भने फराकिलो द्वार र ठूलो मार्गले मानिसलाई विनास तर्फ लैजान्छ। धेरै मानिसहरू छन् जो यस मार्गमा हिडिरहेका छन्। कति संकिर्ण छ यो द्वार र कति सिमित छ यो मार्ग जुन जीवनतर्फ लैजान्छ। यसलाई भेट्याउने मानिसहरू धेरै कम छन्।” यसका साथै उहाँले भन्नु भयो, “प्रभू, प्रभू मात्र भन्ने हरेक व्यक्ति स्वर्गमा जान पाउँदैनन्। स्वर्गमा विराजमान मेरा परमपिताको इच्छानुसार काम गर्ने व्यक्तिले मात्र त्यहाँ प्रवेश पाउँछ। त्यस महान दिन सबैले मलाई सोध्ने छन्, ‘प्रभू, हे प्रभू, के हामीले तपाईंको नामको भविष्यवाणी गरेका थिएनौँ र? के तपाईंको नामले हामीले आत्माको बिकार निकालेनौँ र? वा के तपाईंको नामले हामीले धेरै आश्चर्यका काम गरेनौँ र?” त्यस बखत मैले खुलेर भन्नेछु, “म तिमीलाई कहिलै पनि चिन्दिनथेँ। हे कुकर्मी, यहाँबाट भाग।”

सबैभन्दा पहिले संसारका धेरैजसो मानिसहरू यशुमाथि विश्वास गर्दैनथें। तर राम्रो कुरा के हो भने यशुमाथि विश्वास गर्ने पनि निकै मानिसहरू थिए। तर भगवानले हामीलाई आज्ञा गर्नुभयो, “यशुमाथि विश्वास गर्छु भन्नेहरू र यशुलाई प्रभू भन्नेहरूमध्ये धेरैले भन्नेछन्, ‘हामीले त धेरै राम्रा कर्म गरेका थियौँ तर हामीलाई मोक्ष प्राप्त किन भएन्?’” त्यस बखत उहाँले भन्नु हुनेछ, “तिमीहरू यहाँबाट जाऊ। म तिमीलाई कहिलै पनि चिन्दिनथेँ। किनभने मोक्षको प्राप्ति कर्मको आधारमा हुँदैन्। यदि आफूलाई बचाउँनका लागि आफ्नो कर्ममा भरोसा राखेर बस्नुभएको छ वा आफू ब्यापटाइज्ड छु र यसै कारण स्वर्गमा जान्छु भन्ने तपाईंलाई लाग्छ वा आफूले असल ढंगले बाच्नु पर्दछ भन्ने लाग्छ वा आज्ञाको पालना गर्नु पर्छ वा चर्च जानु पर्छ भन्ने लाग्छ वा पापबाट बच्नु पर्दछ भन्ने लाग्छ भने वा आफ्नो कर्ममा विश्वस्त भएर यहाँ बस्नु भएको छ भने यशुले भन्नु हुनेछ, “यहाँबाट भाग। म तिमीलाई कहिलै पनि चिन्दिन्।” यशुले गरेको कार्यप्रति यहाँले विश्वास गर्नु पर्नेछ। उहाँले क्रसमा हाम्रा लागि गर्नुभएको मृत्युवरण, चिहानमा गाडिएको र त्यहाँबाट पूनः जीवित भएकोमा पूर्ण

विश्वास गर्नु पर्नेछ। यो तपाईंका लागि स्वर्गको टिकट हो। म राम्रो मानिस भएकोले वा मैले राम्रो कर्म गरेकोले स्वर्ग जानेछु भन्ने जस्ता अन्य कुरामा विश्वास राखेर बस्नुभएको छ भने उहाँले “यहाँबाट भाग” भन्नु हुनेछ। उहाँका शब्दप्रति ध्यानु दिनुहोला, “यहाँबाट भाग। म तिमीलाई कहिलै पनि चिन्दिन्।” उहाँले “म तिमीलाई कुनै समय चिन्दथेँ” भन्नु भएन्। मैले पहिला नै भनि सकेको छु, एक पटक उहाँसित चिनजान हुनु भनेको त्यो चिनजान अविनाशी र अनन्त हो। यदि एक पटक उहाँले तपाईंलाई चिनेमा तपाईंको उद्दार सधैँको लागि हुन्छ। तपाईं नरकमा पर्नु भनेको उहाँले तपाईंलाई कहिलै पनि चिन्नुभएको थिएन भन्ने हो। उहाँले तपाईंलाई चिन्नु भनेको मोक्ष हो। उदाहरणका लागि मेरा सन्तान सधैँ मेरा नै हुन्छन्। यहाँले दोश्रो पटक जन्म लिँदा उहाँको सन्तान हुनु हुनेछ। तपाईं सधैँ उहाँको सन्तान हुनु हुनेछ। तपाईं परिवारको कालो भेडो हुन सक्नु हुनेछ। यहाँलाई इश्वरले अधिकभन्दा अधिक सजाय दिन सक्नु हुनेछ। तपाईंले आफ्नो जीवन यस धर्तीमा बिगार्न सक्नु हुनेछ। तथापि तपाईंको उद्दार सुनिश्चित छ। आज म अन्तिम समयको विषयमा मुख्य रूपमा यही भन्न चाहिरहेको थिएँ। अब म केही मिनेटका लागि उद्दार र अन्तिम समयका बारेमा सोधिएका केही प्रश्नहरूको जवाफ दिनेछु।

1. म पापी हुँ भनेर स्वीकार गर्नुहोस्।
2. पापको लागि सजाय हुन्छ भन्ने महशुस गर्नुहोस्।
3. यशुको मृत्यु भयो, उनलाई गाडियो र उनी पूनःजीवित भए भन्ने कुरामाथि विश्वास गर्नुहोस्।
4. आफ्नो उद्धारकर्ताको रूपमा यशु मसीहलाई विश्वास गर्नुहोस्।

हे आदारणीय पिता यशु, मलाई म पापी हुँ भन्ने थाह छ। म नरक जानका लागि योग्य छु भन्ने पनि थाह छ। तर तपाईं मेरालागि क्रसमा चढ्नु भयो र पूनः जीवित हुनु भयो भन्ने मेरो विश्वास रहेको छ। हामीमाथि कृपा गर्नुहोस र हामीलाई बचाउनु होस्। साथै हामीलाई अनन्त जीवन प्रदान गर्नुहोस्। म तपाईंलाई भरोसा गर्दछु, यशु। आमिन।

 

 

 

mouseover