Dr. Zakir Naik is a Liar! (Nepali Subtitles)

Video

September 18, 2015

डा. जाकिर नाइक नाम गरेका एक व्यक्ति छन् र उनी इस्लाम धर्मका सुपरिचित समर्थक

मध्ये एक हुन्।म डा. नाइकको च्यानलमा गएँ र उनका सबैभन्दा लोकप्रिय भिडियो मध्ये

कुनै एउटामा क्लिक गरेँ।यो भिडियो एउटा युवकको बारेमा थियो जो कुरानमा भएको एउटा बिरोधाभाषका

बारेमा प्रश्न सोधिरहेको थियो। मैले पनि कुरान पढ्दा यस बिरोधाभाष फेला पारेको थिएँ।

यहाँहरूका लागि कुरानबाट एकदुई पङ्ति पढेर सुनाउँछु। दोस्रो अध्यायको बासठ्ठियौँ पंक्तिमा कुरानमा

लेखिएको छ, “विश्वास गर्नेहरू ­यहुदी मार्गमा आश्था राख्नेहरू, ईसाईहरू र सबियनहरू­जो जसले पनि ईश्र्वर र अन्तिम

दिनमा विश्वास गर्दछन् तथा साँचो लागेको कर्म गर्दछन् उनीहरूलाई प्रभूले शरणमा लिनुहुनेछ।

उनीहरूले कुनै कुराले गर्दा पनि डराउनु तथा पश्चाताप गर्नु पर्नेछैन्।”

त्यसपछि उनी भन्दछन्, “ तिमी ईसाई, यहुदी वा सबियन जे भएपनि

ईश्र्वरमा विश्वास गरेसम्म, असल कर्म गरेसम्म र अन्तिम दिनमा विश्वास गरेसम्म अन्तिम निर्णयको

दिनमा तिमीले डराउनु पर्ने कुनै कुरा हुनेछैन्।”तर तेस्रो अध्यायको पचासियौं पंक्तिमा भनिएको छ, “इस्लामभन्दा अर्को

धर्ममा आश्था राख्नेलाई कुनै पनि शरण मिल्दैन् र त्यसपछिको दुनियाँमा

उसले हराएकाहरूसित बस्नु पर्ने हुन्छ।”त्यसपछि पुनः अध्याय पाँचको उनान्सत्तरियौँ पंक्तिमा भनिएको छ, “विश्वास गर्नेहरू ­यहुदी मार्गमा

आश्था राख्नेहरू, सबियनहरू र ईसाईहरू ­जो जसले पनि ईश्र्वर र अन्तिम दिनमा

विश्वास गर्दछन् तथा साँचो लागेको कर्म गर्दछन् उनीहरूले कुनै कुराले गर्दा पनि डराउनु तथा पश्चाताप गर्नु पर्नेछैन्।”

त्यसो भए कुरा चाहीँ के हो त? कुनै ठाउँमा भनिएको छ, “ईसाई भएमा, यहुदी भएमा वा

सबियन भएमा ईश्र्वरमा आश्था राखेसम्म, साँचो कर्म गरेसम्म र अन्तिम दिनमा

विश्वास गरेसम्म यहाँले डराउनु पर्नेछैन।” अर्को ठाउँमा भनिएको छ, “हेर, तिमीले पैगम्बर

मुहम्मदमा विश्वास गरेनौँ र इस्लामभन्दा अन्य कुनै धर्ममा आश्था राख्यौँ भने तिम्रो सर्वनाश हुनेछ।”

त्यसपछि डा. नाइकलाई प्रश्न गरियो र उनले यसको उत्तर दिनका लागि सरासर झूठको साहरा लिए ।

उनी झूठको किताब कुरानमा भएको स्पष्ट बिरोधाभाषको सामना गर्दछन् र एकदमै झूठो कुरा भन्दछन्।

यसका लागि उनी स्पष्ट झूठ बोल्दछन्। उनले त्यस युवकलाई भनेको कुरा यस्तो छः

डा. जाकिर नाइकः उनी कुरानको सुराह अल बकराह दोस्रो अध्यायको बैसठ्ठीयौँ पंक्ति उल्लेख गर्दछन्।

यसले भनिएको छ, अल्लाह र अन्तिम दिनमा विश्वास गर्नेहरू यहुदी, ईसाई

वा सबियन जे भएता पनि उनीहरूलाई कुनै डर हुने छैन् र उनीहरूलाई आफ्नो कर्मको फल

मिल्नेछ। सुराहको पाचौँ अध्यायमा पनि यस्तै कुरा दोहोऱ्याइएको छ। यी महासयले किन

यहाँ पैगम्बरमा विश्वास गर्ने कुरा लेखिएको छैन भनेर सोध्दछन्। महासय, यदि यहाँले यस्तो ज्ञान प्राप्तिको सन्दर्भ पढ्नु भयो

भने पैगम्बरसामु मानिसहरू आए र भने, “हामीहरू यहुदी हौँ,

ईसाई हौँ, र सबियन हौँ ­के ईश्र्वरले हामीलाई माफ गर्न सक्नुहुन्छ?यस सन्दर्भमा यस्तो जवाफ

दिइएको थियोः अल्लाह र अन्तिम दिनमा विश्वास राखेसम्म

पहिले जुनसुकै धर्म यहुदी, ईसाई वा सबियन जेमा आश्था भएपनि फल मिल्दछ।

यसको यो होइन कि ईसाई हुँ र प्रभू जिससमा विश्वास राख्छु

भन्ने व्यक्ति स्वर्गमा पुग्नेछ। होइन, यसको अर्थ त्यो होइन।

युवकः मसित प्रमाणका लागि कुरानका दुई पंक्ति छन्। यहाँले एक मात्र ईश्र्वरमा विश्वास गर्नु हुन्छ,

असर कर्म गर्नु हुन्छ र अन्तिम दिनमा विश्वास गर्नु हुन्छ भने त्यस दिन डराउनु पर्ने कुनै कुरा नै हुनेछैन्।

डा. जाकिर नाइकः दुई पंक्ति त भन्नुभयो तर यसको सन्दर्भ के हो?

युवकः खै, मलाई थाह भएन।

डा. जाकिर नाइकः यी पंक्तिको सन्दर्भ भनेको पैगम्बर मोहम्मद (उनलाई सधैँ शान्ति मिलोस्) सित आएर

इस्लामलाई आश्थाका रूपमा स्वीकार गर्दा भन्दछन्, “पहिले हामी यहुदी थियौँ, हामी ईसाई थियौँ ...।”

त्यसपछि त्यस पंक्तिमा भनिएको छ... सन्दर्भ महत्त्वपूर्ण हुन्छ।

यो त सरासर झूठ हो। डा. नाइकले कुराकानी गरिरहेको त्यो युवकलाई त्यस पंक्तिको

सन्दर्भ थाह थिएन तर मलाई त्यो सन्दर्भ थाह छ किनभने मसित

मेरो हातमा कुरानको एक प्रति छ। ईसाई, यहुदी र सबियनका बारेमा

ती दुबै सन्दर्भहरू यहाँले हेर्न सक्नुहुनेछ र यहाँ त्यस्तो कुनै सन्दर्भ छैन।“सन्दर्भ” भन्ने शब्द

कि त ठीक अगाडि कि त ठीक पछाडि आउँछ। यहाँले यी कुराहरूलाई आफैँ हेर्न सक्नुहुन्छ कि

यी मानिसहरू पैगम्बरसामु आएको र उसलाई आफ्नो पहिलेको आश्थाका बारेमा प्रश्न गरेको जस्ता कुनै पनि कुराहरू लेखिएका छैनन्।

यो सरासर झूठ हो तर डा. नाइक मानिसहरूको कुरानको अज्ञानताको फाइदा उठाउँदै उत्तर दिइरहेका छन्। उनी

त्यहाँ भएका सबै मुसलमानहरूबाट ठूलो ताली पाउँदछन् तर तर कुरानमा त्यस्तो कुनै सन्दर्भ छैन्।

साथै यी मानिसहरू ईसाई थिए पनि भनिएको छैन्। स्पष्टसित भनिएको छ, “यहुदी धर्ममा आश्था राख्नेहरू,

ईसाईहरू र सबियनहरू जो कसैले पनि ईश्र्वर र अन्तिम दिनमा

विश्वास गरेमा उनीहरूलाई फल प्राप्त हुन्छ र उनीहरूलाई डराउनु वा पश्चाताप गर्नु पर्ने कुनै कुरा हुदैँन।”

यसमा वर्तमान कालको प्रयोग भएको छ। यसमा यहुदी भएका वा ईसाई भएका भनेर भूत कालको प्रयोग गरिएको छैन।

यो सरासर झूठ हो र डा. नाइक झूठ बोल्ने मानिस हो। यो पुस्तक कुरान पनि झूठको पुलिन्दा हो।

स्पष्ट रूपमा झूठको पुलिन्दाले भरिएको पुस्तक कुरानको प्रतिरक्षा गर्दा यहाँले पनि झूठ त बोल्नु पर्ने नै हुन्छ।

डा. नाइक मैले भर्खरै प्रस्तुत गरेजस्तै गर्दछन्।

कुरानमा आफैँ हेर्नुहोला र उसले बताए जस्तो कुनै सन्दर्भ भएमा हेर्नुहोला।

यस्तो कुनै कुरा नै छैन्। सत्य यहाँको सामु पवित्र बाइबलमा छः जिसस क्राइस्ट मार्ग हुन्, सत्य हुन

र जीवन हुन। पिता परमेश्र्वरका अगाडि उहाँबाहेक अन्य कोहीमार्फत पनि मानिस पुग्न सक्दैनन्।

 

 

 

mouseover